अक्सफोर्ड NCO द्वारा भर्चुअल बैठक आयोजित – Posted by Sanjaya Gurung, Secretary

आइतबार २३ जनवरी २०२२, अक्सफोर्ड NCO द्वारा भर्चुअल बैठक आयोजित गरिएको थियो र बैठ्कमा NCO का कार्यकारी सदस्यहरु लगायत अन्य सदस्यहरु सहित २४ जना को उपस्थिती थियो । बैठकको मुख्य एजेन्डा – अक्सफोर्ड नेपाली युवाबाट अपिल , २०२२ मा नेपाली नयाँ वर्ष पार्टी अर्थात अक्सफोर्डशायर भित्र बस्ने सबै नेपालीहरूको लागि एउटा पार्टी र पार्टी चलाउनको लागि आर्थिक सहयोग आदी सम्बन्धमा पत्र आएको र छलफल त्यसैमा केन्द्रित रही उपस्थित सबै जनाबाट अक्सफोर्ड नेपाली युवा को प्रस्ताव एक्दमै स्राहनिय भएको भन्दै निन्म लिखित चार बुदाँहरु सर्वसहमतिमा पास गरिएको जानकारी गराऊँदछौ ।

१.अक्सफोर्ड नेपाली युवाबाट आएको प्रस्ताव “अप्रिल २०२२ मा नेपाली नयाँ वर्ष पार्टी अर्थात अक्सफोर्डशायर भित्र बस्ने सबै नेपालीहरूको लागि एउटा पार्टी“ सर्वसहमतिमा स्विकार ।
२. हल बूकिङ्ग को आधी रकम NCO ले सहयोग गर्ने ।
३. NCO ले अर्को छुट्टै नेपाली नयाँ वर्ष पार्टी नगर्ने ।
४. पार्टी आयोजकले पार्टी मा कुनै पनि पक्षको कोही पनि पहुनाहरु(Guest) नबोलाउने ।

अन्तमा, NCO का अध्यक्ष तुलसी पौडेल ज्यु ले, उपस्थित सबैलाई धन्यवाद दिनुका साथै यस निर्णयलाई सबै ले सकारात्मक दृष्टिकोण ले स्विकारि दिनुहुन र, अक्सफोर्ड नेपाली युवा को यो पहिलो कदमलाई सबै ले आ-आफ्नो पक्षबाट सकारात्मक साथ/सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्नुहुँदै बैठकको समापन गर्नु भएको थियो ।

बैठकमा उपस्थित हुनुहुनेहरू को नामवलि: १. अध्यक्ष – सेवानिवृत्त कप्तान श्री तुलसी पौडेल, २. उपाध्यक्ष – श्री कुल प्रसाद योङ्गया, ३. सचिव – श्री सन्जय गुरुङ्, ४.सह-कोषाध्यक्ष – श्री राजीव पौडेल, ५. श्री टिका पौडेल, ६. श्री लोचन लिम्बु, ७. श्री नर कुमार लिम्बु, ८. श्री पुर्ण गुरुङ्, ९. श्री अशोक राई, १०. श्री नर नरायण लिम्बु, ११. श्री सन्तोष राई, १२. श्री मेघ यक्थुम्बा, १३. श्री दो बहादुर गर्बुजा, १४. श्री चन्द्र राहदि, १५.श्री वेग बहादुर सुर्यवंसी, १६. श्री होम गुरुङ्, १७.श्रीमती शिला गुरुङ्, १८. श्री लिला राज काम्वाङ्, १९. श्री विनोद थापा, २०. श्री प्रदिप कार्की, २१. श्रीमती विनया ढुंगाना, २२. श्री गोविन्दा सापकोटा, २३. श्रीमती जस्मी गुरुङ्थापा र २४.श्रीमती मीना थापा

धन्यवाद्
सचिव सन्जय गुरुङ्

भर्चुअल बैठक (Posted: 23 August 2021 by Mina Rana)

आइतबार् २२ अगस्त २०२१ बेलुकी ५ बजे नेपाली कम्युनिती अक्सफोर्डशायर (NCO) द्वारा आयोजित भर्चुअल बैठक पुर्णरुपमा सफल भएको कुरा हजुरहरु लाई अवगत गराँऊदछौ । बैठकमा उपस्थित सबैको सल्लाह र सुझाब बमोजिम र अहिले को स्ंक्रमित समय र परिस्थिती लाई मध्यनजर गरी यस वर्षको कार्यक्रम हरु ; महिलाहरुको महान चाड हरितालिका तीज लगायत दशै-तिहार पार्टी पनि रद्द गरिएको छ । र्, अक्सफोर्डशायरमा अवस्थित युवा समुहलाई रेडिङ्ग कप मा सहभागी हुन लाग्ने प्रवेश दर्ता शुल्क £२५० NCO बाट उपलब्ध गर्ने सर्व्-सहमतमा निर्णय गरिएको छ ।

बैठकमा उपस्थितहरुको नामवलि: १ अध्यक्ष – तुलसी पौडेल, २ सचिव – सन्जय गुरुङ्ग्, ३ कोषाध्यक्ष – कविता शर्मा कंडेल्
सल्लाह्कारहरु: ४ चित्र थापा, ५ टिका पौडेल
कार्यकारी सदस्यहरु: ६ पुर्ण गुरुङ्ग्, ७ चन्द्र राह्डी, ८ ईन्द्र कुमारी काम्वाङ्ग, ९ बिक्रम चन्द्र गुरुङ्ग्, १० निरन्जन खनाल, ११ लीला राज काम्वाङ्ग, १२ बिनोद थापा, १३ दीपा थापा, १४ भानु सापकोटा, १५ बिनया ढुङ्गाना, १६ मीना राना
युवा प्रतिनिधिहरु: १७ राजन गुरुङ्ग्, १८ रिकेश लिम्बु ।

सबै जना सुरक्षित रहनु/बस्नु होला । धन्यवाद । 🙏

भर्चुअल बैठक (Posted: 10 July 2021 by Mina Rana)

आशा गर्दछु, हजुरहरु सबैजना आराम- कुशल हुनुहुन्छ होला ।

शनिबार १० जुलाई २०२१, NCO द्वारा आयोजित भर्चुअल बैठक पुर्णरुपमा सम्पन्न भएको हजुरहरु सम्पुर्ण लाई जानकारी गराऊँद्छौ । आजको भर्चुअल बैठकको मुख्य एजेन्डाहरु NCO को वार्षिक साधारण बैठक र समुद्री भ्रमण थियो भने बैठक मुख्य एजेन्डाहरुमा आधारित रही छोटो, मीठो र उद्देश्यपूर्ण हुनुका साथै निर्धारित समयमै शुरु भएर ५:४० मा सकिएको थियो । NCO का सचिव आदरणिय दाई – सन्जय गुरुङ्ग ले उपस्थित सबै सदस्य हरुलाई अभिवादन गर्नु भैइ बैठकको होस्ट गर्नु भएको थियो भने NCO का अध्यक्ष आदरणिय दाई तुलसी पौडेलले बैठकमा उपस्थित सबैको तार्किक राय र विचारहरू लाई मनन गर्नुहुँदै , अक्सफोर्डशायरमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली समुदायको स्वास्थ्य एवं सुरक्षालाई बिशेष घ्यानकाषर्ण गर्नु / गराऊनु हुँदै उपास्थित सबैलाई धन्यवाद दिनुभैइ बैठक समापन गर्नु भएको थियो । र , बैठ्कमा गहन छलफल पछि बहुमतको आधारमा यस वर्षको वार्षिक साधारण बैठक र समुद्री भ्रमण दुबै स्थगित गरी अर्को वर्ष २०२२ जुलाई/अगस्त मा गरिने निर्णय गरिएको छ ।

बैठ्कमा उपस्थित हुनुहुने हरुको नामावलि: १ अध्यक्ष – तुलसी पौडेल, २ सचिव – सन्जय गुरुङ्ग्
सल्लाह्कारहरु: ३. चित्र थापा, ४. टिका पौडेल
कोषाध्यक्ष हरु: ५. कविता शर्मा कंडेल, ६. राजीव पौडेल
कार्यकारी सदस्य हरु: ७. पुर्ण गुरुङ्ग्, ८. लीला काम्वाङ्ग्, ९. निरन खनाल, १०. दीपा थापा, ११. मीना राना

धन्यवाद ।
मीना राना,
सम्पाद्क – वार्षिक सँगालो

OxClean – 12 June 2021
Posted by Chairman Capt Tulasi Paudel

२०२१ को OxClean मा भाग लिई अक्सफोर्डमा नेपाली हरुले एक असल अनि अनुसाशित पहिचान बनाउनमा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली हरुमा धेरै धेरै धन्यवाद छ। आज रोजहिल र काउली क्षेत्रमा भएको OxClean मा काउली क्षेत्रमा निम्नलिखित स्वयंसेवकहरू को उपस्थिति थियो :

१. तुलसी पौडेल, २. कुल प्रसाद योंग्या, ३. कृष्ण फेम्बो, ४. संजय गुरुङ, ५. सिलिया गुरुङ, ६. यांङ् पितांङ् राई, ७. विक्रम गुरुङ, ८. आशिस सापकोटा
९. मानकुमार इवाराम

आज रोजहिल र काउली क्षेत्रमा गरि जम्मा २६ जना जतिको राम्रो उपस्थित थियो, साथै काउली र रोजहिल दुवै तिर समय मिलाई उपस्थित हुनु भएकोमा श्री कृष्ण फेम्बो ज्युलाई धेरै धेरै धन्यवाद छ। आशा छ आउदा बर्ष हरुमा आझ धेरैको सहभागिता हुनेछ । धन्यवाद ।

Posted by Krishna Phembo

आज अक्सफोर्ड रोजहिल एरिया अक्सन क्लिन (Oxon clean)कार्यक्रममा उपस्थित नेपाली मुलका दाजु भाई दिदी बहिनीहरुको नाम निम्न प्रकार छन । आफ्नो गाउ ठाउ आफै सफा राखौ भन्ने अभियान बर्षमा एक दिन सदा झै आज १२ जुन २०२१ दिन सम्पन्न, यस बर्ष कोरोना को बाबजुत पनि सरकारको मापदण्ड लाई ख्याल राख्दै कार्यक्रम सफल सँग सम्पन्न भयो । यस कार्यक्रममा उपस्थित नेपाली दाजु भाई दिदी बहिनी भान्जा भान्जी हरुको नाम निम्न प्रकार छन ।

१- तेज बहादुर मेन्याङ्बो लिम्बु परिवार ३ जना, २- सुनिल राई, ३-गङगा जबेगु, ४- सिता थेबे परिवार २ जना, ५ -तिर्थ माया लिम्बु, ६-गेहराज लिम्बु, ७-नाम्दारे काम्ब ङ्, ८-कमला राई, ९-बिष्णु माया राई, १०-जिवन कुमारी राई, ११-गौमती लाबुङ्, १२-जितहाङ यक्सो, १३-नरेन्द्र प्रकाश लाबुङ्, १४-टेक बहादुर खिम्दिङ्, १५- कृष्ण फेम्बु, १६- धन बहादुर मादेन्, १७- शुभद्रा मादेन, १८- अमिला फेम्बु चेम्जोङ

यहाँ हरु सम्पुर्ण मा यस कार्यक्रमका आयोजक साथै नेपाली प्रतीनिधी को रुपमा मेरो तर्फ बाट मुरी मुरिको धन्यबाद छ ।

१०१८/१९ वार्षिक साधारण सभा (Posted 7 July 2019)

गत आइतबार, ६ जुलाई २०१९ शनिवार ओक्सफोर्डसायर स्थित रोज हिल कम्यूनिटि सेन्टरमा ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटिले १०१८/१९ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। कम्यूनिटिका अध्यक्ष श्री तुलसी पौडेलज्युको अध्यक्ष्यतामा कम्यूनिटिका पदाधिकारी तथा शुभ चिन्तक महानुभाबहरुको सहभागितामा विभिन्न बिषयहरुमा गहन छलफलका साथ बिहान १० बजे शुरु भएको सभा दिउसो १२ बजे सकिएको थियो।

ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटिले ओक्सफोर्डकै इतिहासमा पहिलो पटक श्रीमती मिना थापाको सम्पादनमा नेपालीहरुबाट नेपालीहरुको लागि तयार पारिएको वर्षभरिका कार्यक्रमहरुको संगालो जुलाई २०१८ – जुलाई २०१९ “बार्षिक संगालो” प्रकाशन गर्न सफ्फल भएको छ र उक्त पुस्तिका पनि सभामा वितरण गरिएको थियो। यस वार्षिक सभामा सहभागी सम्पूर्ण सहभागीहरु प्रति ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटि हार्दिक अभारका साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं। जय ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटि!!!

बार्षिक संगालो पढ्नको लागि बायाँको चित्रमा क्लिक गर्नुहोस।

Cowley Road Carnival – Sunday, 7 July 2019

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि नेपलिज कम्युनिटी ओकस्फोर्डसायर UK ले ७ जुलाईका  दिन १०० भन्दा धेरै नेपालीहरुको सहभागितामा ओक्स्फ़ोर्डको स्थानीय वार्षिक मेला “काउली रोड कार्निभल – २०१९” मा अति उत्साहका साथ भाग लिएका छन्।

नेपाली पहिचान झल्काउने नेपाली पोशाकहरुमा, नेपाली बाजाहरु बजाउदै, नेपाली सास्कृतिक नृत्य सडकमा प्रदर्शन गरि हजारौं सडक दर्शकहरुलाई मनोरंजन मात्र नभएर सहभागी नेपालीहरुले उक्त मेलामा नेपालीहरुको पहिचान तथा परिचय दिन सफ्फल भएको छ।

सम्पूर्ण सहभागीहरु प्रति नेपलिज कम्युनिटी ओकस्फोर्डसायर UK हार्दिक अभारका साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं। काउली रोड कार्निभल – २०१९ को फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस। धन्यवाद।

Oxford मा नेपाली नयाँ वर्ष २०७६ भव्यताका साथ सम्पन्न – Posted by Capt Tulasi Paudel on 15 April 2019

अक्सफोर्डमा बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नेपाली नयाँ बर्षको शुभकामना साँझ 13 April 2019  का दिन भब्य रूपमा सम्पन्न भएको छ। अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब २७५ जना नेपाली तथा अन्य पाहुनाहरुको सहभागिता रहेको थियो। Nepalese Community Oxfordshire ले जन्मभुमि देखि धेरै टाढा भएतापनि मातृभूमि का बार्षिक विशेष दिनहरु साथै चाडपर्ब हरुलाई समयले साथ दिएसम्म निरन्तरता दिने सिलसिलामा नेपालीहरुको बार्षिक विशेष  दिन नेपाली नयाँ बर्ष एकआपसमा प्रेम, सदभाब अनि शुभकामना आदान प्रदान गर्दै भब्यताकासाथ सम्पन्न गरेको थियो।

बालबालिकाहरुलाई हाम्रो संस्कृति र परम्पराको निरन्तरता तथा चिनारी गराउने उदेश्यले कार्यक्रममा विभिन्न संस्कृति झल्काउने लोक नृत्य अनि गित संगीतहरु प्रस्तुत गरिएको थियो। संजय गुरुङ को सक्रियतामा स्टेज लाई निकै झकि झकाउ प्रकारले सजाइएको थियो भने कार्यक्रम संचालक द्वय सचिब मनिसा थापा र बिपना राहदी ले कार्यक्रम निकै रमाइलो संग प्रस्तुत गरेका थिए।

अक्सफोर्डका Shariff काउन्सिलर Craig Simmon, NCO का Patron Lawrence Lee, संस्थापक अध्यक्ष चित्र थापा तथा बर्तमान अध्यक्ष कप्तान तुलसी पौडेल द्वारा संयुक्त रूपमा पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गरिएको थियो।अध्यक्ष तुलसी पौडेलद्वारा स्वागत मन्तब्य दिने क्रममा उपस्थित सबै लाई नेपाली नयाँ बर्षको शुभकामना दिदै उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो।

विशेष गरि आफ्नो समुदाय तथा हाम्रो देश नेपालको लागि कुनै सकारात्मक काम गर्नु हुने तथा सामाजिक कार्यमा ठुलो सहयोग गर्नु हुने समाजसेबीहरुलाई सम्मान अनि प्रोत्साहित गर्ने सिलसिलामा यस वर्ष Wallingford निबासी Ms Camilla Hartwing लाई LEO को तर्फबाट सक्रिय रुपमा चन्दा संकलन गरि Unite World School को सहयोगले नेपालको गुल्मी जिल्ला को हिले गाउँमा एक नयाँ  बिधालय भवन बनाई दिनु भएकोमा उहाँलाई सम्मान स्वरुप प्रमाणपत्र र खादा अक्सफोर्डका Lord Lieutenant Tim Stevenson OBE, High Sheriff of Oxfordshire – The Lady Jay of Ewelme CBE, Sheriff of Oxfordshire – Cllr Craig Simmon र NCO chairman  कप्तान तुलसी पौडेल द्वारा संयुक्त रूपमा प्रदान गरिएको थियो।

यस्तै प्रकारले कम्युनिटीमा सक्रिय रहि सामाजिक कार्यमा ठुलो सहयोग गर्नुहुने समाजसेबीहरु श्री संजय गुरुङ, भुपाल गुरुङ अनि कविता शर्मा कंडेल लाई पनि उपस्थित पाहुनाहरुको बाहुलीबाट खादा प्रदान गरिएको थियो।

कार्यक्रममा कोषध्यक्ष कबीता शर्मा कंडेल, सदस्य श्री चन्द्र राहादी, सुसिला सुर्यबंशी, एन्जेला पौडेल, शीला पौडेल, केशरी राहादी, जस्मि गुरुङ तथा अन्य Volunteer हरुको सक्रिय सहयोग रहेको थियो। यो सुमधुर साँझ सधैंको लागी अविस्मरणिय बनेको छ।

१. कार्यक्रमका केहि फोटोहरु
२. नेपाली फिल्म “क्याप्टेन” प्रदर्शनको क्रमका फोटोहरु

ONE WORLD FESTIVAL – SAT 17 NOV 18 (Posted by: Capt Tulasi Paudel)

Nepalese Community Oxfordshire (NCO) participated on this year’s “One World Festival” at Ashmolean Museum on 17 Nov 18. The event went very well. Our special thanks go to:

Chabrung Team:
1. Bhim Kumari Limbu Yengden 2. Binod Limbu 3. Jenisha Limbu 4. Jessica Limbu 5. Narnarayan Limbu 6. Nulam Limbu 7. Ot Hang Sireng 8. Samir Limbu 9. Tara Devi Limbu

Nepalese Cultural Dance Team:
1. Bipana Rahadi 2. Celia Gurung 3. Chija Gurung 4. Jasmi Gurung 5. Manisha Thapa

We would also like to extend our special thanks to Chitra Thapa, Devendra Khimden, Lila Limbu and Sanjaya Gurung for providing transport to our dance team.

दशै तिहार शुभकामना साँझ 13 OCTOBER 2018 – posted on 14 October 2018

Nepalese Community Oxfordshire (NCO) UK को आयोजनामा यस बर्षको दशै तिहार शुभकामना साँझ 13 OCTOBER 2018 मा भब्य रूपमा सम्पन्न भएको छ। अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३०० जना नेपाली हरुको सहभागिता रहेकोे थियो।

नेपालीहरुको महान चाड बडादशैलाई NCO ले एकआपसमा प्रेम, सद्भावना, सहकार्य र समझदारीको पर्बको रुपमा मनाउने कोशिश गरेको छ। बालबालिका हरुलाई हाम्रो संस्कृति र परम्पराको निरन्तरता तथा चिनारी गराउने उदेश्यले कार्यक्रम मा विभिन्न संस्कृति झल्काउने नाचहरु प्रस्तुत गरिएको थियो। ईन्टरटेनमेन्ट संयोजक लिला सुब्बा, जस्मि गुरुङ, सचिब मनिसा थापा तथा सहसचिब सन्जय गुरुङ द्वारा संचालित रमाइलो कार्यक्रममा नेपालबाट पाल्नु भयकी गायिका जुना शिरीष मगर ज्युले भरपुर मनोरञ्जन दिनु भएको थियोे।

अक्सफोर्डका Lord Mayor Colin Cook, अक्सफोर्ड इष्टका MP Anneliese Dodds र NCO का Patron Lawrence Lee द्वारा संयुक्त रूपमा पानसमा दियो बाली कार्यक्रम को उद्घाटन गरिएको थियो।

अध्यक्ष तुलसी पौडेल द्वारा स्वागत मन्तब्य दिने क्रममा दशै तथा तिहारको शुभकामना दिदै उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो।

यस बर्ष शिक्षा छेत्रमा बिभिन्न विषयमा स्नातक प्राप्त गर्नु हुने अक्सफोर्डबासी बिद्यार्थी हरु; श्री खेसे हांग योंग्या, सुश्री सकुन्तला योंग्या, सुश्री शलिना थापा, सुश्री रिना राई, सुश्री शीला पौडेल, सुश्री रिया लिम्बु र श्री दया थापा साथै स्नातोकत्तर प्राप्त गर्ने रोशन लिम्बु लाई कम्युनिटी को तर्फबाट Letter of Recognition द्वारा सम्मान गरिएको थियो। यस्तै प्रकारले कम्युनिटीमा सक्रिय रहि सामाजिक कार्यमा ठुलो सहयोग गर्नु हुने समाजसेबी हरु श्री चन्द्र राहादी अनि परिवार, श्री अमर थापा अनि परिवार, श्रीमती लक्ष्मी गुरुङ अनि संजय गुरुङ, श्री गोविन्द सापकोटा, श्रीमती पदमा लिम्बु, श्रीमती जस्मि गुरुङ, श्रीमती चिजा गुरुङ, सुश्री बिपना राहादी, सुश्री एलिना लिम्बु, सुश्री सिलिया गुरुङ, सुश्री सोफिया लिम्बु, श्रीमती सृजना गुरुङ, श्री सनिम लिम्बु लाई पनि Letter of Appreciation द्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष कुल योङा, कोषध्यक्ष कबीता कंडेल, सदस्य अ्मर थापा, नर लिम्बु, भक्त लिम्बू, मिडिया संयोजक पुर्ण गुरुङ तथा अन्न्य Volunteer हरुको सक्रिय सहयोग रहेकोे थियो। यो सुमधुर साझ सधैं को लागी आविस्मणरनिय बनेको छ।

कार्यक्रमका केहि फोटोहरु