↓
 

Oxfordshire Nepalese Community UK

अक्सफोर्डसायर नेपाली कम्यूनिटि यू.के.

  • Home
  • About Us
  • Committee
  • Graduates
  • Oxon Nepalese
  • Photos
  • Videos
  • PDFs
Home→Author Kamala Bhandari

Author Archives: Kamala Bhandari

यस वर्षको २०८३ सालको शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

Oxfordshire Nepalese Community UK  

हरेक वर्षझैँ यस वर्ष पनि नयाँ वर्ष २०८३ को अवसरमा OXON Nepali Community ले अप्रिल ११ मा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको सुरुवात संस्थापक अध्यक्ष श्री चित्रा थापा ज्यू र पूर्व अध्यक्ष श्रीमती पद्मा लिम्बु ज्यूद्वारा दीप प्रज्वलनसँगै, नानी–बाबुहरूले प्रस्तुत गरेको नेपाली राष्ट्रिय गानबाट गरिएको थियो।

यसै क्रममा समुदायका बालबालिकाले मौलिक नेपाली नृत्य, आधुनिक गीत–संगीत, तथा गायन प्रस्तुति दिएर कार्यक्रमलाई झनै रंगीन बनाएका थिए। कार्यक्रमभरि नेपालकै झल्को आउने लोकसंगीतमा रमाउँदै, उपस्थित सबैले एक–अर्कालाई नयाँ वर्ष २०८३ का हार्दिक शुभकामना आदान–प्रदान गरेका थिए।

विदेशी भूमिमा बसेर पनि आफ्नो संस्कृति, पहिचान र समुदायप्रतिको माया जोगाइराख्ने सबै सदस्यहरूको सहभागिताले यो कार्यक्रम स्मरणीय, आत्मीय र हृदयस्पर्शी बन्न सफल भयो।

अक्सफोर्डशायर दशैं/तिहार पार्टी 2025

Oxfordshire Nepalese Community UK Posted on September 8, 2025 by Kamala BhandariSeptember 8, 2025  

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी सबैलाई जोड्ने हाम्रो महान् पर्व दशैं र तिहार नजिकिँदै छ। यस अवसरमा अक्सफोर्डशायरमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई हामीले आयोजना गरेको दशैं/तिहार पार्टीमा हार्दिक निमन्त्रणा गर्दछौं। यस विशेष कार्यक्रमको उद्देश्य भनेकै हाम्रो संस्कृतिलाई जोगाउँदै, आपसमा … Continue reading →

Posted in Uncategorized | Leave a reply
©2026 - Oxfordshire Nepalese Community UK - Weaver Xtreme Theme
↑

Loading Comments...