अक्सफोर्डशायर दशैं/तिहार पार्टी 2025

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी सबैलाई जोड्ने हाम्रो महान् पर्व दशैं र तिहार नजिकिँदै छ। यस अवसरमा अक्सफोर्डशायरमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई हामीले आयोजना गरेको दशैं/तिहार पार्टीमा हार्दिक निमन्त्रणा गर्दछौं।
यस विशेष कार्यक्रमको उद्देश्य भनेकै हाम्रो संस्कृतिलाई जोगाउँदै, आपसमा शुभकामना आदान–प्रदान गर्नु, नयाँ मित्रता गाँस्नु र रमाइलो वातावरणमा एकअर्कासँग समय बिताउनु हो। कार्यक्रममा नेपाली परम्परागत गीत–संगीत, नृत्य, रमाइला प्रस्तुति र स्वादिष्ट भोजनको व्यवस्था हुनेछ। यसले हामीलाई घर–परिवार र मातृभूमिको झझल्को दिनेछ।
📅 मिति: आइतबार, 21 सेप्टेम्बर 2025
🕔 समय: बेलुकी ५:०० बजे देखि राति १०:०० बजे सम्म
📍 स्थान: Cheney School, Cheney Lane, Headington, Oxford OX3 7QH
आउनुहोस्, आफ्ना परिवार र साथीहरूलाई साथमा ल्याएर दशैं/तिहारलाई अझ भब्य, रमाइलो र अविस्मरणीय बनाउन हामीसँगै सहभागी हुनुहोस्। तपाईंको उपस्थितिले यो कार्यक्रमलाई अझै अर्थपूर्ण र सफल बनाउनेछ।
🙏 सबैलाई हार्दिक स्वागत छ! ✨
Oxfordshire Nepalese Community

Comments
अक्सफोर्डशायर दशैं/तिहार पार्टी 2025 — No Comments
HTML tags allowed in your comment: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>